शुक्रबार, चैत्र १६, २०८०

देशभर ६६ जना कोभिड संक्रमितको उपचार हुँदै, सवैको अवस्था सामान्य

लकडाउन’को समयमा बढी अल्कोहल सेवनका कारण मृत्यु हुने र बिरामी पर्नेको संख्या बढेको भन्दै अल्कोहल सेवन नगर्न आग्रह

काठमाडौं बैशाख २३ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको  मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पीसीआर’बाट १३ हजार ८५० जनाको र ‘आरडीटी’बाट ५२ हजार २२७ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले देशभर १२० जना ‘आइसोलेसन’कक्षमा रहेका छन् यसमध्ये काठमाडौं उपत्यका २ जना छन भने वाँकी ११८ उपत्यका वाहिर रहेको बताए । साथै देशैभर २१ हजार ९९ जना ‘क्वारेन्टाइन’मा रहेको जानकारी दिदै आजैमात्र नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको संक्रमितको सख्या ८२ पुगेको र यसमध्ये १६ जना उपचार पछि घर फर्केको देशभर ६६ जनाको उपचार भइरहेको जानकारी दिनु भएको छ ।

कुल संक्रमितको सख्या ८२ रहेको र यसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेको जानकारी दिदै प्रवक्ता देवकोटाले प्रदेश न। १ ३१ जना ,प्रदेश न. २ मा १३जना, वाग्मती प्रदेशमा ७ जना ,गण्डकी प्रदेशमा २ जना, प्रदेश न. ५ मा २४ जना कर्णाली प्रदेशमा ०  र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमितको उपचार भइरहेको बताउनुभयो साथै प्रवक्ता देवकोटाले लकडाउन’को समयमा बढी अल्कोहल सेवनका कारण मृत्यु हुने र बिरामी पर्नेको संख्या बढेको भन्दै अल्कोहल सेवन नगर्न आग्रह गर्दै अल्कोहल सेवन  प्रवृतिका कारण थप समस्या सिर्जना हुने बताए ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.23

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.23#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Dienstag, 5. Mai 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।