शुक्रबार, चैत्र १६, २०८०

लकडाउनको नयाँ मोडालिटी अनुमोदनका लागि उच्चस्तरीय समितिको बैठक बस्दै

काठमाडौं बैशाख २३ , सरकारले आगामी शुक्रबारदेखि लकडाउन नयाँ ढाँचामा कार्यान्वयन गर्ने भएको छ । कोभिड संक्रमणको रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको आज बस्ने बैठकले नयाँ मोडालिटीलाइ अनुमोदन गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको छ ।उच्चस्तरीय समितिको आज अपरान्ह बस्ने बैठकले लकडाउनको मोडालिटीलाइ अन्तिम रुप दिने तयारी रहेको बताईएको छ ।

प्राप्त जानकारी अनुसार नकडाउनको नयाँ मोडालिटीमा संक्रमण नदेखिएका जिल्लामा लकडाउन खुकुलो गर्न प्रस्ताव सहित  ७७ वटै जिल्लालाई उच्च जोखिम, जोखिम र सामान्य गरी तीन तहमा विभाजन गरिएको ताहा भएको छ । त्यस्तै संक्रमण देखिएका जिल्ला र भारतीय सीमा क्षेत्रलाई ‘रेड जोन’ घोषणा गरी थप कडाइ गर्न रणनितिक योजना तय भएको बताईएको छ ।

संक्रमण नदेखिएका हिमाली र पहाडी जिल्लाभित्र आन्तरिक आवागमन खुकुलो गरिएपनि विद्यालय, फिल्म हल, भीडभाड हुने बजार, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा भने कुनै संभावना नभएके र बन्द रहेका होटल र रेस्टुराँ आन्तरिक रूपमा सञ्चालन गरेर होम डेलिभरी गर्न अनुमति दिने कार्ययोजना तय भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।