शुक्रबार, बैशाख ७, २०८१

गृह,अर्थ र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटीको खाका तयार गर्न निर्देशन

काठमाडौं ग्रीन जोनमा परे पछिल्लो समय मोफसलबाट उपत्यका भित्रिनेको सख्या बढेसंगै  काठमाडौं हाइरिक्समा रहेको निष्कर्ष 

काठमाडौं बैशाख २२, आज बसेको कोभिड -१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले जारी लकडाउनको मोडालिटीको सवालमा गृह , अर्थ र स्वास्थ्य मन्त्रालयलाई खाका तयार गर्न निर्देशन दिएको छ ।

त्यस्ते बैठकले ३ वटा मन्त्रालयको तर्फबाट प्राप्त मोडालिटीको खाका प्राप्त भएसंगै मंगलवार बस्ने बैठक मार्फत आवश्यक छलफल गर्दै जारी लकडाउन कति समय लम्ब्याउने भन्नेबारे मन्त्रिपरिषद बैठकलाइ सिफारिस गर्ने कार्यसूची बनाएके बुझिएको छ ।

साथै जारी लकडाउनको समयि सिमा आगामी बैशाख २५ सम्म कायम रहेको र त्यसपछि लकडाउन खुकलो हुने भनि बजारमा अनेकन हल्ला चलेको प्रसंगमा भने बैकठले संक्रमणको जोखिम हेरेर ग्रीन, रेड र एल्लो जोन गरी क्षेत्र निर्धारण केही ठाउँमा लकडाउन खुकुलो गरिएपनि   काठमाडौंमा भने लकडाउन जारीनै रहने र तत्काल खुलाई हाल्न नहुने पक्षमा बहस भएको र बहसकै क्रममा काठमाडौं  ग्रीन जोनमा परे पछिल्लो समय मोफसलबाट उपत्यका भित्रिनेको सख्या उल्लेख्यरुपमा बढेकाले काठमाडौं हाइरिक्समा रहेको निष्कर्षको पहिचान गरिएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु