शुक्रबार, चैत्र १६, २०८०

७० प्रतिशत कोरोना करका वाजुद पनि पसलमा रक्सी किन्नेको भीड

काठमाडौं बैशाख २३ ,   महिनौको  लकडाउन पछि  रक्सी पसल खुल्दा किन्नेहरुको भीड लागेसंगै भारतसरकारले रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएपनि रक्सी पसलमा किन्ने मानिसको ठूलो भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यहाँसम्मकी कोभिड संक्रमणबाट जोगिन आवश्यक भौतिक दूरी कायम नगर्दा सिर्जना भएको तनाव नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार समेत गर्नु परेको ती सञ्चामाध्यमहरुले जनाएको छ ।

रक्सी किन्नेहरुको भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सीको खुद्रा मूल्यमा ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको हो । त्यस्तै मार्च २५ देखि देशव्यापी लकडाउनमा रहेको भारतमा थपिएको लकडाउन आगामी मे १७ सम्म जारी रहेको छ ।

सञ्चरमाध्यमको अनुसार भारतमा लकडाउनका वाजुद पनि कोभिड संक्रमितको संख्या निकै बढ्दैछ । मंगलबारसम्म भारतमा ४६ हजार ४ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ७१ जनाको मृत्यु भएको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।