बिहिबार, चैत्र १५, २०८०

१९ वडा सरोकार मञ्चद्दारा प्रदेशसभा सदस्य शाक्यको ध्यानाकर्षण

डिप वोरिङ्गमा फिल्टराइजेशन जडान योजना :

काठमाडौं जेठ ९ , बाग्मति प्रदेश सभाका सदस्य राजेश शाक्यलाइ को पहलमा काठमाडौं महानगर वडा न . १९ स्थित कंकेश्वरी झुलुङ्गेपुल परिसरमा रहेको डिप वोरिङ्गबाट उत्पादन हुने पानीलाइ फिल्टराइजेशन गर्दै पिउने योग्य बनाउदै पानी वितरण गर्ने कार्य योजना तय गरिएको विषयमा स्थानीय १९ वडा सरोकार मञ्चले
ध्यानाकर्षण गराएका छन ।

मञ्चका संयोजक सुमन खड्गीका अनुसार मेलम्ची खानेपानी आयोजनाबाट वितरण हुने पिउने पानीको स्वप्नील संसारमा रुमलिदै पिउने पानीको काकाुकुललाइ आफ्नौ दैनिकी बनाउदै आएका काठमाडौं महानगर वडा न.१९का स्थानीयका लागि प्रदेश सभा सदस्य शाक्यले आफु निर्वाचित निर्वाचन क्षेत्र लक्षित गर्दै कार्यान्वयन गर्न खोजेको योजना आफैमा स्वागत योग्य छ ।

तर जुन प्रारुपमा उहाँले योजना कार्यान्वयनको वातावरण बनाउनु भयो त्यस प्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएकै कारण प्रदेश सासंद शाक्यको ध्यानाकर्षण गराउदै योजनाको कार्यान्वयनको विस्तृत योजना र सार्वजनिक छलफलको माग  गरिएको जानकारी दिएका छन ।

त्यस्तै ध्यानाकर्षण पत्र बुझदै सासंद शाक्यले स्थानीयको माग सम्बोधनका लागि आफु हरदम तयार तयार रहेको बताउनुभएको संयोजक खड्गीले बताए ।  यसअघि स्थानीय वडा न.१९का वडाध्यक्ष शशिलाल श्रेष्ठ समेतलाइ यसै विषयमा ध्यानाकर्षण गराईएको जानकारी दिदै अव महानगर प्रमुख समेतको यस विषयमा ध्यानाकर्षण गराउने योजना रहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।