बिहिबार, बैशाख १३, २०८१

हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव पोखरामा

काठमाडौ बैशाख २०, नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो । सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । यसअघि सेना टोलीले हराएकामध्ये दुई नेपाली र ३ कोरियनको शव पहिले नै फेला पारेको थियो ।

त्यस्तै नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको निर्देशनालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।