शुक्रबार, चैत्र १६, २०८०

सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौ जेठ ६ प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७÷७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरूले भाग लिँदै आ–आफ्नो धारणा राख्नुभएको थियो । प्रधानमन्त्री केपी ओलीले आज संसदमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राख्नुभएको थियो । सभामुख फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उहाँहरूले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । प्रतिनिधिभसभाको अर्काे बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।