बुधबार, बैशाख ५, २०८१

सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै , बैठकको प्रस्तावित एजेन्दालाइ वार कि पार गर्ने तयारी

काठमाडौं बैशाख २० , सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । पछिल्लो समय पार्टी र सरकारका वीच देखिएको विवादको सहमति खोज्नका लागि आज सचिवालय बैठक बस्न लागेको हो ।  यसअघि बुधबार बसेको सचिवालय बैठकले वहालवाला प्रम केपी ओली अपनाउदै आएको शैली पार्टीको भविष्य समेतलाइ प्रभावित गर्ने आरोप सहित पार्टी अध्यक्ष प्रचण्ड र अर्का माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेका थिए ।

तर प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्तावको नयाँ कार्ड पयाक्दै यो दिनको सचिवालय बैठकलाइ ओझेल पर्नुको अलावा कुनै नितिगत निर्णय विनानै आजको लागि तय गरेको बैठकबाट निष्कर्षको पहिचान गर्ने भन्दै आज बैठक बोलाईएको हो ।

समाचार स्रोतका अनुसार आजको बैठकमा पनि प्रम ओलीको राजीनामा एजेन्दामा नै केन्द्रीत हुने बताईएको छ । त्यस्तै आजको बैठकले प्रस्तावित एजेन्दालाइ वार कि पार गर्ने तयारी रहेको बताईएको छ । यसवीचमा नेताहरुवीच सामुहिक र गुटगतरुपमा थुप्रै बैठक र छलफल भएका छन । यहाँसम्मकी नेकपाको राजनितिमा बढ्दो गुटबन्दीसंगै आआफ्नो सुमुहगत छलफ संगै संसदीय दलका बहुमत पुर्‍याउन हस्ताक्षर संकलन प्रक्रिया समेतले चर्चा पाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु