मङ्लबार, बैशाख ११, २०८१

सङ्क्रमणको प्रभाव ४२ जिल्लामा, आज १९ सङ्क्रमित थपिएसंगै संक्रमितको संख्या ६०३ पुग्यो ,१७ जना ‘डिस्चार्ज’

काठमाडौं जेठ ११ , कोभिड–१९ को सङ्क्रमण आज १९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोभिड संक्रमितको संख्या ६०३ पुगेको छ । यसमध्ये पुरुषको सख्या ५३२ र महिला ७९ जना रहेको छ भने सङ्क्रमणको प्रभाव आजबाट ४२ जिल्ला पुगेका मन्त्रालयले जनाएको छ।

आज     प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्ज २५ वर्षीय पुरुष, पर्सा घर ठेगाना भएका बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साका नागवाका ६० वर्षीय पुरुष, रौतहट स्थायी ठेगाना कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर–६ का ४८ वर्षीय पुरुष, रुपन्देही सम्मारिमाईका दुईजना पुरुष क्रमशः ४० र ५० वर्षीय पुरुष, रुपन्देही–१ का ३२ वर्षीय पुरुष, काठमाडौँ सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुष रहेको जनाएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिका २३, ३० र ४० वर्षीय पुरुष, कपिलवस्तु खैरापुरका–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष रहेका छन् । गुल्मी मदाने गाउँपालिका ३१ वर्षीय पुरुष गरी कूल १९ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएकोछ । साथै आजको मिति सम्म संक्रमितमध्ये ८७ जना उपचारपछि डिस्चार्ज’ भएका छन । आज नारायणी अस्पतालबाट सात र बुटवलबाट १० गरी आजै मात्र १७ जना डिस्चार्ज भएको हो। त्यस्तै अहिलेसम्म पिसिआरबाट ४८ हजार ८१५ र आरडिटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।