बुधबार, बैशाख १२, २०८१

संसद्को संयुक्त बैठकमा आगामी आवको लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत

काठमाडौ जेठ १५ , आज बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गर्नुभएको छ ।  आगामी आवको  लागि प्रस्तुत बजेट चालू आवका लागि निर्धारण गरिएको भन्दा रु ५८ अर्बले कम रहेको  छ ।

त्यस्तै सरकारले आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट रु दुई खर्व ९९ अर्ब ५० करोड जुटाउने योजना थय गरिएको छ । यसैगरी आन्तरिक ऋणबाट रु दुई खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गर्ने सरकारको लक्ष्य रहेको  छ ।

बजेट वक्तत्व्यको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोला

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।