शनिबार, बैशाख ८, २०८१

संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको संस्थागत निर्णय

काठमाडौ जेठ १७, प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत गर्ने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकमा लिपुलेकसहित अन्य अतिक्रमित भू–भागहरु फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल अविलम्ब सुरु गर्दै सार्थक र परिणाममुखी वार्ता गर्न सरकारलाई आग्रक गर्ने यस्तै, रुकुम चौरजाहारी घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गर्ने र सरकारको अकर्मन्यता र अयोग्यताका कारण कोरोना संक्रमणबाट छजनाले ज्यान गुमाइसकेको र हजारभन्दा बढी व्यक्ति संक्रमित बढ्दो रहेको
सरकारको ध्यनाकर्षण सहित सरकारको आलोचना समेत  गरिएको छ ।

यस्तै, बैठकले कोरोनाविरुद्धको राहत व्यवस्थापनमा स्थानीय सरकारलाई तत्कालन रकम विनियोजन गर्न, परीक्षण दर बढाएर स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गर्न, विदेशबाट नागरिकहरुलाई तत्काल उद्धार गर्न सरकारसित माग गरेको छ । क्वारेन्टाइन’को मापदन्ड, ‘आइसोलेसन वार्ड’को संख्या वृद्धिलगायतका विषयमा तत्कालन ध्यान पुर्‍याउन पनि सरकारसँग माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।