शुक्रबार, चैत्र १६, २०८०

संङ्क्रमण समुदायस्तरसम्म फैलिन नदिन नरैनापुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

नेपालगञ्ज जेठ १२, बाँकेको नरैनापुर गाउँपालिकामा आइतवार राति ८ बजेदेखि लागु हुने गरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पछिल्लो समय नरैनापुरमा ११४ जनामा कोभिड सङक्रमण पुष्टि भएको र यसमध्ये एकको मृत्यु भएसंगै यत्र तत्र सर्वत्र थप कोभिडको सन्त्रास बढेको ठहर सहित सङ्क्रमण नियन्त्रणभन्दा बाहिर जान नदिन जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्राप्त जानकारी अनुसार गाउँपालिकाको वडा नं ५ मा मात्र ६२ सङ्क्रमित छन् । त्यस्तै नरैनापुरमा १४स्थित क्वारेन्टिनमा ६२६ जना रहेको बताईएकोछ । साथै ‘क्वारेन्टिनबाट समुदायस्तरसम्म सङ्क्रमण फैलिने र अवस्था भयावह हुने सम्भावना देखिएपनि स्थानीयमा लकडाउनको प्रभाव नपरेपछि अनिश्चितकालीन निषेधाज्ञाको कदम चाल्लु परेको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार निषेधाज्ञाको क्रमममा गाउँपालिकामा नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीको टुकडी परिचालन गरिएको जनाएको छ । यसअघि संक्रमितको सख्या बढेपछि यस क्षेत्रलाइ रेड जोन घोषणा गर्दै अत्याआवश्यक सेवामात्र सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।