मङ्लबार, बैशाख ११, २०८१

संक्रमणको जोखिम रोक्न राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्ने यस्तो छ सुरक्षा कार्ययोजना

काठमाडौं बैशाख २४ , मोफसलबाट काठमाडौ उपत्यका भित्रिने मानिसबाट कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिम औंल्याउँदै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने सुरक्षा कार्ययोजना तयार पारेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले विशेष सुरक्षा कार्ययोजनामा अत्यावश्यक सेवा र मानवीय संवेदना बाहेक सबैको आवागमन नियन्त्रण हुने गरी उपत्यकाभित्र लकडाउन खुकुलो बनाएर दैनिक जीवनयापन र अत्यावश्यक सेवा प्रवाहलाई सहज बनाउँदै लैजानेसम्मको रणनीतिक योजना रहेको बताईएको छ ।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी नेतृत्वको सुरक्षा टोलीले आवश्यक अध्यन अनुसन्त्रानपछि काठमाडौ प्रवेश गर्ने सबै नाकामा अस्थायी पूर्वाधार व्यवस्थापन गरी स्वास्थ्यकर्मी सहितको ‘कोरोना डेडिकेटेड’ टोलीलाई एम्बुलेन्ससहित तयारी हालतमा राख्नुपर्ने तथा स्वास्थ्योपचारको व्यवस्थासहित क्वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको बताईएको छ ।

साथै नुवाकोटबाट प्रवेश गर्ने बालाजुमाथिको तीनपिप्ले र मुड्खुभज्याङ, सिन्धुपाल्चोक जोड्ने जर्सिङपौवा, काभ्रेबाट प्रवेश गर्ने कात्तिके र जगातीर साँगा, धादिङबाट प्रवेश गर्ने थानकोट तथा मकवानपुरबाट आउने फर्पिङ नाकालाई अत्यावश्यक र मानवीय संवेदनासँग सम्बन्धित बाहेक सिल गरेर आवागमन नियन्त्रण गर्नुपर्ने अवधारणा सहितको उक्त प्रस्ताव क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी०मा पेस गरिने बताइएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।