बिहिबार, चैत्र १५, २०८०

संक्रमणको जोखिम बढेसंगै लकडाउनमा थप कडाइ:  एक जिल्लाबाट अर्काे जिल्लामा जान यसअघि जारी सवै पास रद्ध

काठमाडौं बैशाख ३० , गृह मन्न्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न आवश्यक सुरक्षा सावधानीमा थप सतर्कता अपनाउने क्रममा काठमाडौँ उपत्यका वाहेक एक जिल्लाबाट अर्काे जिल्लामा मानिसहरूको अनावश्यक प्रवेश भएसंगै संक्रमणको जोखिम बढेको ठहर सहित एक जिल्लाबाट अर्काे जिल्लामा जान रोक लगाउने भएको छ।

यद्यपी कुनै जिल्लामा जानै पर्ने अवस्था आएमा जुन जिल्लामा जानुपर्ने हो त्यही जिल्ला प्रशासन कार्यालयको स्वीकृति अनिवार्य गरिने जनाउँदै मन्त्रालयले एवमे रितले काठमाडौँ उपत्यका आउनुपरेमा गृह मन्त्रालयको स्वीकृति अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालय द्दारा आज  ६बुँदे परिपत्रमा यसअघि जारी पासको समेत दुरुपयोग भएको निष्कर्ष सहित जारी सवैपाु रद्ध गर्दै आगामी विहिवारबाट सरोकार वाला निकायबाट जारी पास विना कुनै पनि सवारी चलाउन नपाइने व्यवस्था सहित पास स्वीकृतिका लागि अनुरोध गर्दा प्रयोजन समेत खुलाउनुपर्ने, उपत्यका प्रवेशका लागि पास जारी गर्दा पासमा गृह मन्त्रालयको स्वीकृति नम्बर समावेश गर्नुपर्ने तथा जारी भएको पास बिना एक जिल्लाबाट अर्काे जिल्ला जान लागेको अवस्था फेला परेमा सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै परिपत्रमा सञ्चारकर्मीलाई समेत सञ्चारगृहको पासमा कडाई गर्दै सूचना विभागबाट जारी पासका आधारमा त्यस्तै यसअघि लकडाउन खुकुलो बनाउँदै उद्योग, निर्माण सेवा, बैंक तथा वित्तीय संस्थामा आबद्ध भएकाले सम्बन्धित कार्यालयको पास देखाएर हिँडडुल गर्न दिएपनि अव उपरान्त सो सुविधासमेत रोकिने उल्लेख रहेको बुझिएको छ ।  यद्यपि यसअघि सञ्चालन भइरहेका अत्यावश्यक मालसामान ओसारपसार गर्ने र स्वास्थ्योपचारको सिलसिलामा हुने आवागमन भने नरोकिने मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।