शनिबार, बैशाख ८, २०८१

वी वान्ट टु गो ब्याक होम भन्दै निषेधित क्षेत्र प्रवेश गर्ने ३ दर्जन चिनियाँ पक्राउ

काठमाडौं बैशाख २६, वी वान्ट टु गो ब्याक होम’ प्ले कार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबार प्रवेश गरेका  ३ दर्जन  भन्दाबढि चिनियाँ नागरिकलाई नेपाल प्रहरीले आज अपरान्ह पक्राउ गरेको छ । लकडाउनको समयमा पर्यटक राहदानीमा घुम्न आएका ति चिनियाँ नागरिकले निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले पटकपटक निषेधित क्षेत्रतर्फ नआउन अनुरोध गर्दा पनि नमाने पछि नियन्त्रण लिएको बताउदै नियन्त्रणमा लिने क्रममा लाठीचार्ज समेत भएको बताए । नियन्त्रणमा लिएका उनिहरुलाइ नेपाल पुलिस क्लबमा राखिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।