मङ्लबार, बैशाख ११, २०८१

लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं बैशाख २४,  सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सुझाव अनुरुप  मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर  जारी   लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।