शुक्रबार, चैत्र १६, २०८०

रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाही गर्न काँग्रेसको माग

दोषीलाई कानूनी कारवाही गर्न नेपाल बारको माग

काठमाडौ जेठ १३ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रुकुम पश्चिममा भएको नृशंस हत्याकाण्डको निष्पक्ष र गहन छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरूलाई दण्डित गर्न काँग्रेसले माग गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गनुृ भएको विज्ञप्तिमा कानूनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय भएपनि नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद भएको उल्लेख गर्दै काँग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको जनाएको छ

लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा आवागमन  गर्न राज्यले रोक लगाउँदाको वाजुद पनि युवाको समूह एक जिल्लाबाट अर्को जिल्लामा जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद त्यस्तो अप्रिय घटना हुन नपाउने जिकिर गर्दै घटनालाइ गम्भीरतापूर्वक लिँदै काँग्रेसले केन्द्रीय सरकारको धारणा माग गरेको छ ।

त्यस्ँतै विज्ञप्तिमा घटनामा जीवन गुमाएका नवराज विक, टीकाराम सुनार र गणेश बुढा मगरको आत्माको शान्ति कामना गर्दै प्रवक्ता शर्माले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न सरकारसमक्ष आग्रह र माग गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थलाभको कामना समेत गरिएको छ ।

यसैवीच नेपाल बार एसोसिएशनका महासचिव अधिवक्ता लीलामणि पौडेलले अन्तर्जातीय विवाहको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाको यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कानूनी कारवाही गर्न सरकारसँग माग गरेको छ ।  महासचिव पौडेलद्दारा जारी विज्ञप्तिमा दोषीलाई कारवाही तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराई भविष्यमा यस्ता प्रकारका घटना समाजमा दोहोरिन नदिन अपनाउनुपर्ने जनचेतनाका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।