शनिबार, बैशाख ८, २०८१

रुकुम घटनाले मुलुकमा विद्यमान कानुनी शासनको धज्जी उडाएको महासंघको ठहर

काठमाडौं जेठ १५ ,  नेपाल पत्रकार महासङ्घले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने गरि घटेको घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध भएको ठहर गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले जारी गर्नु भएको विज्ञप्तिम मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने घोषणा भइसकेको अवस्थामा भएको रुकुममा भएको प्रस्तुत घटनाले मानव सभ्यतालाई नै कलंकित बनाउको यो घटना मानवता विरुद्धको जघन्य अपराध मात्र नभइ मुलुकमा विद्यमान कानूनी शासनको समेत धज्जी उडाउने यसकिसिमको घटनाले मुलुक कुन दिशातर्फ जाँदै छ भन्ने प्रश्नसमेत खडा गरेको उल्लेख गरेको छ ।

त्यस्तै विज्ञप्तिमा महासङ्घले जातीय विभेद र छुवाछुतको विषयलाई लिएर घटेको यस घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाका विषयमा भ्रामक समाचार सामग्री सम्प्रेषण नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्री मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकलाई अपिलसमेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।