शुक्रबार, चैत्र १६, २०८०

रुकुमपश्चिम चौरजहारीमा भएको मानवताविरोधी जघन्य अपराध विरुद्ध राजधानीमा प्रदर्शन

  • अनुप प्रधान

काठमाडौं जेठ १६ , गत शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जातीय विभेदलाई लिएर केही व्यक्तिको ज्यानसमेत जाने गरि भएको घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती प्रदर्शन गर्दै प्रदर्शन गरेको मानवताविरुद्धको जघन्य अपराधको विरुद्ध राजधानीमा प्रदर्शन गरिएको छ ।

अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट सहित मानव हत्या मात्र नभइ उर्लदो भेरी नदीमा बगाउने जस्तो जघन्य अपराध विरुद्ध राजनैतिक दलका भातृसगठन लगायतका विभन्न सघसंस्थाको  अगुवाइमा प्रर्दशन गर्दै उक्त घटनाको दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।