शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ लकडाउनको ४८ औं दिनदेखि उपत्यकामा गाडी चलाउन तय गरिएको टाइम कार्ड

काठमाडौ बैशाख २७, कोभिड संक्रमण फैलिन नदिन नेपालमा जारी ने लकडाउनको ४८ औं दिन आइतबार देखि उपत्यकामा गाडी चलाउने समय सिमा तय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरूवीचको छलफलपछि तय गरिएको कार्य योजना अनुरुप सवारी साधनको सञ्चालनमा यस किसिमको कार्ययोजना तय गर्दै कार्यान्वयनमा ल्याउन लागेको होे ।

यसअघि मन्त्रिपरिषदको बैठकबाट बैङ्क तथा वित्तीय संस्था, बिमा, धितो पत्र, सहकारी मार्फत अतिआवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाइ कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने, अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा आवश्यक तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गरी सञ्चालन गर्ने निर्णय अनुरुप सम्वद्ध सरोकारवादा कार्यालय तथा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने गरि टाइम कार्ड तय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार निर्धारित टाइम कार्ड अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान समय निर्धारण गरिएको छ भने घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय तोकिएको छ ।   त्यसै गरी बैङ्क, वित्तीय संस्था सम्वद्ध सवारीलाइ बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्मको समयसिमा तोकिएको छ ।

त्यस्तै औषधि र खानेपानीको सवारी साधनवाहेक निमाण सामाग्री बोकेका ठुला सवारीलाई बेलुका ८ बजे देखि बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउने भएको छ भने तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।