शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ काठमाडौं महानगरका जिम्मेवार अधिकारीको लकडाउन स्पेसल

काठमाडौं बैशाख ३०, विश्वव्यापी कोभिड १९- को बढ्दो जोखिको अवस्था संगै जारी लकडाउनका कारण समाजमा रहेका अति विपन्न दैनिक ज्याला मजदुरी गर्ने तथा अपांगता भएका व्यक्ति, गर्भवती महिला, आमाबाबु गुमाएका टुहुरा बालबालिका असहाय संगै काठमाडौं महानगर अन्र्तगत  विभिन्न वडाका स्थानीय वडाबासी समेत प्रभावित भइरहेको पक्षप्रति जो कोहि पनि जानकार नै छ ।

गत चैत ११ देखि आगामी जेठ ५ गते सम्का लागि देशव्यापी आह्वान गरिएको बन्दाबन्दीले मुलुकको सबै क्षेत्र ठप्प छ । यसवीचमा लकडाउनका कारणले प्रभावित नागरिकलाइ सरकारले स्थानीय निकाय मार्फत सहजीकरण गर्दै राहत उपलब्ध गराउदै आएको राहत र रहत वितरणको लागि अख्तियार गरिएको मापदन्ड अव्यवाहारिक भएको समाचार यसअघि नै हामीले सार्वजनिक पनि गरिसकेका छौं ।

  तर आज भने यी यस्ता विषय भन्दा पृथक समाचार सामाग्री हाम्रा आदरणीय पाठक वर्गमाझ प्रस्तुत गर्ने जमर्को गरेका छौ । जुन समाचार सामाग्रीले एकातर्फ   स्थानीय निकाय र यहाँ कार्यरत जिम्मेवार भनिएका  अधिकारीहरुको व्यवाहर   र रवाफिलो शैलीलाइ प्रतिविम्वित गरेको छ ।

कोभिड जोखिमका कारण जारी बन्दाबन्दीको कारण आज के खाने भोली के खाने भन्ने चिन्ता सहितको स्थानीय सरकार मार्फत वितरित ८ देखि १० केजी चामलको पोका लिनका लागि भाग दौडमा रुमलिदै महानगरका स्थानीय र दैनिक रोजगारी गरि खाने वर्ग अलमलिएको समयमा स्थानीय सरकार अन्र्तगत काठमाडौं महानगरका जिम्मेवार अधिकारीहरु भने लकडाउन स्पेसल भन्दै महङ्गगा मदिराका वोटल सहित जशन मनाउदै गरेको तस्वीर सामाजीक सञ्जालमा भेटिएको छ ।मुलकको विषम अवस्थामा महानगरका जिम्मेवार अधिकारीको यस्तो रवाफिलो शैलीका कारण जनजनले प्रश्न गर्न थालेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु