बिहिबार, चैत्र १५, २०८०

मुलुकलाइ वर्गिकृत गर्दै परिवर्तित मोडालिटीमा लकडाउन कार्यान्वयन गरिने

सिमा-नाकामा लकडाउन अझै कडा पार्न प्रम ओलीको निर्देशन

काठमाडौं बैशाख २१, विश्वव्यापी कोभिड संक्रमणको जोखिमका कारण सरकारले जारी गरेको लकडाउनलाई केही खुकुलो बनाउँदै लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि चलायमान बनाउने योजना ल्याउने भएको छ। कोरोना रोकथाम उच्चस्तरिय समितिले विज्ञहरुको सुझाव अनुरुप गत चैत ११ गतेदेखि जारी रहेको लकडाउनलाइ अवको चरणमा परिवर्तित मोडालिटी लकडाउनको कार्ययोजना अनुरुप अति प्रभावित, प्रभावित, सामान्य र अति सामान्य क्याटागोरीमा मुलुकलाइ वर्गिकृत गर्दै लकडाउनलाई केही खुकुलो बनाउने योजना मन्त्रिपरिषदको बैठकमा पेश गर्ने तयारी गरेको थाहा भएको छ ।

यसैवीच आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनकै कारण नेपालमा कोरोना संक्रमण फैलिन नपाएको भन्दै प्रधानमन्त्री केपी ओलीले भारतीय सीमा नाकाबाट लुकीछिपी मानिसहरु नेपाल पसिरहेको भन्दै थप कडाई गर्न गुहमन्त्री रामवहादुर थापालाइ निर्देशन दिदै नेपालमा कोभिडको जोखिम कम गर्न आवश्यक भएको बताएको थाह भएको छ ।

त्यस्तै प्रम ओलीको निर्देशन मुताविक गुहमन्त्री थापाले  सिमा क्षेत्रमा थप कडाई गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन समेत दिनुभएको छ । गृहमन्त्री थापाले सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन आजै गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथीलगायतको उपस्थिति बैठकमा यस किसिमको निर्देशन दिनु भएको हो ।  त्यस्तै बैठकले यसको लागि कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई जिम्मा लगाउदै सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाउने भएको छ

त्यस्तै सरकारले काठमाडौं लगायतका केही जिल्लामा लकडाउन खुकुलो बनाए पनि तत्काल सिनेमा घर, होटल रेष्टुरा, विद्यालय भने तत्कालका लागि बन्दनै रहने छ । त्यस्तै प्रस्तावित कार्ययोजनामा काठमाडौंदेखि बाहिर जान पाउने तर केही समयका लागि भित्रिन नदिने त्यस्तै सवारीसाधन संचालनमा आए पनि उपत्यका छोडेका मानिस पुन काठमाडौं भने आउन नपाउने लगायतको विषय   समावेस भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।