बिहिबार, चैत्र १५, २०८०

मुलुकको ७ प्रदेश मध्ये प्रदेश न.१ मा कोभिड संक्रमितको सख्या बढि,कर्णाली प्रदेशमा शुन्य

काठमाडौ वैशाख २२ ,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको ‘मिडिया ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले देशभर ‘पीसीआर’बाट १३ हजार ६४० र ‘आरडीटी’बाट ५० हजार ८४५ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिनु भएको छ ।

यस्तै उहाँँले मुलुकको ७ प्रदेश मध्ये प्रदेश नम्बर–१ मा कोभिड- १९का संक्रमितको सख्या बढि रहेको र हालसम्म कर्णाली प्रदेशमा एकजनामा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिनुभएको छ ।

त्यस्तै कुल संक्रमितको सख्या ७५ रहेको र यसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेको जानकारी दिदै प्रवक्ता देवकोटाले प्रदेश न. १ ३१ जना ,प्रदेश न. २मा १३जना, वाग्मती प्रदेशमा ७ जना ,गण्डकी प्रदेशमा २ जना, प्रदेश न. ५ मा १७, जना कर्णाली प्रदेशमा ०  र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमितको उपचार भइरहेको बताउनुभयो

त्यस्तै देशैभर क्वारेन्टाइनमा २१ हजार ५२३ र आशोलेसनमा रहेका विरामी १०६ मध्ये काठमाडौं उपत्यका १ र उपत्यका बाहिर १०५ जना  रहेको जानकारी दिनु भएको छ ।

त्यस्तै पछिल्लो समय भाइरसको संक्रमणलाई कम गराउन भनी विभिन्न स्थानमा छर्किने गरेको कीटनाशक औषधिका झोल मानव स्वास्थ्यका लागि हानिकारक भएको बताउँदै प्रवक्ता डा देवकोटाले मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गरिसकेको छ भने यस्ता कीटनाशक झोलले नरोक्ने तर आँखा, मुखलगायतका संवेदशील अंगमा थप असर गर्ने भएकेले यस्ता झोलहरु नछर्कन आग्रह गर्नुभएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.22

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.22#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Montag, 4. Mai 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।