मङ्लबार, बैशाख ४, २०८१

महिनावारीको विषयमा खुलेर कुरा गर्न हिच्किच्याउने नगरौं : महानगर उपप्रमुख खड्गी

महिनावारी हुँदा परम्परागत धरातलभन्दा मागि उठ्दै आफ्नो स्वास्थ्य, स्वच्छता र सरसफाइमा ध्यान दिऔँ

काठमाडौं जेठ १६ , गैरसरकारी संस्था गसथि र एरोशान नेपालको सहयोगमा काठमाडौं र ललितपुर महानगरपालिका अन्र्तगत अनौपचारिक क्षेत्रमा काम गर्ने करिव ३ सय सफाइ मजदुरलाइ विहिवार महिनावारी स्वच्छता सामाग्री वितरण गरिएको छ ।

कोभिड संक्रमणको बढ्दो जोखिमसंगै जारी बन्दाबन्दीका कारण बजारमा महिनावारी हुँदा महिलाले प्रयोग गर्ने सेनटरी प्याडको उपलब्धता अनिश्चित भएके सर्वेक्षण रिपोर्टका आधारमा जारी लकडाउनको क्रममा महिलाले महिनावारी हुँदा थप समस्या झेल्न नपरोस भन्दै प्याड वितरण गरिएको कार्यक्रममा जानकारी दिइयो ।

प्याड वितरण कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख अरिप्रभा खड्गीले महिलाको प्रजनन स्वास्थ्यसंग सरोकार राख्ने भएकै कारण महिनावारीको उचित व्यवस्थापन र सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताउदै महिनावारीको विषयमा खुलेर कुरा गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै ललितपुर महानगरपालिकाका उपप्रमसख गिता सत्यालले महामारीको विष अवस्थको जसनसुकै तह र तप्कका महलिासंगै समाचार संकलनका लागि फिल्डमा खटिने महिला पत्रकारका लागि समेत महिनावारी व्यवस्थापनमा सहज होस भन्ने लक्ष्यले प्याड वितरण गरिएको जानकारी दिदै समाचार संकलनका लागि पुगेका महिला पत्रकार संगै पुरुष पत्रकारलाइ समेत घरमा श्रीमतीको प्रयोजनका लागि प्याड उपलब्ध गराईएको  थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।