शनिबार, बैशाख ८, २०८१

मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने चापागाईं रङ्गेहात पक्राउ

काठमाडौं जेठ ८ , नेपाल प्रहरीले स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी गर्ने तारकेश्वरका ४५ चापागाईंलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार पक्राउ परेका चापागाईंले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता महत्वपूर्ण पदमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा जिनलाइ पक्राउ गरिएको जानकारी दिनुभयो । साथै निजले पेप्सीकोलाका सम्झना केसी भट्टराईसँग रु१ लाख २० हजार लिँदै गरेको अवस्थामा चापागाईंलाई पक्राउ गरेको

पक्राउ परेका चापागाईंसँग प्रहरीले सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षकको नक्कली परिचयपत्र एक थान, खरिदार पदको नक्कली परिचयपत्र एक थान, स्कुटर एक थान, मोबाइल एक थान, सिमकार्ड तीन थान र रु एक लाख २० हजार नगद बरामद गरेको जानकारीदिएको छ ।
साथै यसअघि पनि चापागाईं पटकपटक पक्राउ परेको अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।