शुक्रबार, चैत्र १६, २०८०

भारतले ससर्त आंशिक रुपमा शसर्त रेल सेवा सञ्चालन गर्दै

काठमाडौ बैशाख २९, भारत सरकारले मंगलवारदेखि नयाँ दिल्ली–मुम्बई लगायत विभिन्न १५ रुटमा आंशिक रुपमा दैनिक रेल सेवा संचालन गर्न तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कोभिड संक्रमणको उच्च जोखिमसंगै आगामी मे १७ तारिखसम्म भारतमा जारी लकडाउन जारी रहेको छ । यद्यपी यसवीचमानै आन्तरिक श्रमिकलाई घर जान सहज गर्ने लक्ष्य सहित भारतले यस किसिमको  निर्णय गरेको हो ।

त्यस्तै भारत सरकारको प्रस्तुत निर्णयसंगै जोडिएको मापदण्ड भनेको कोरोना भाइरस संभावित संक्रमणको कुनै लक्षण नभएका यात्रुले मात्र रेल सेवाको उपभोग गर्न पाउने र यसको लागि परीक्षण अनिर्वाय गरिएको सञ्चारमाध्यमहरुले जनाएको छ ।   भारतमा अहिलेसम्म ६७ हजारमा कोरोना संक्रमण देखिएको छ । मृत्यु हुनेको संख्या २ हजार दुई सय नाघेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।