शुक्रबार, बैशाख १४, २०८१

बुधवारदेखि तीन दिन मेघ गर्जनसहित वर्षा र बदलीको सम्भावना

काठमाडौ जेठ ६, जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा रहेसंगै देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना औल्याएको हो ।

त्यस्तै महाशाखाले अंपुन चक्रवातको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । महाशाखाको पछिल्लो मौसम मापन विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।