बिहिबार, चैत्र १५, २०८०

फोटो पत्रकारलाई प्रेस ज्याकेट

काठमाडौ जेठ १०, कोभिड संक्रमणको जोखिमकावीच पनि  अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे० नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गरे ।

आज यहाँ आयोजित एक कार्यक्रममा उनले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताए ।

व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिए ।

उनले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताए । विगत २५ वर्षदेखि काठमाडौमा रहेर सर्टिङ सुटिङको व्यवसाय गर्दै आउनुभएका हुसेनले उपलब्ध गराउनुभएको ज्याकेट एनएफपिजेका अध्यक्ष राजेन्द्र चित्रकार बुझ्दै काठमाडौ उपत्यकामा नियमित समाचार सङ्कलन एवं फोटो पत्रकारिता गर्ने पत्रकारलाई वितरण गरिने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।