शनिबार, बैशाख ८, २०८१

प्रयोग गरिएका मास्क, पञ्जा जथाभावी मिल्काउने प्रवृति आफैमा घातक

प्रयोग गरिएका मास्क, पञ्जा जथाभावी मिल्काउने प्रवृति आफैमा घातक

-श्रीजन झा –

 

काठमाडौं जेठ ९, कोभिड–१९ संक्रमणको उच्च जोखिमबाट जोगिन भन्दै आम सर्वसाधारणले प्रयोग गर्ने मास्क , पञ्जा लगायतका प्रयोग गरिसकेको सामागीको सडक गल्ली चोक चौराहमा जथाभावी मिल्काउने प्रवृति बढ्दो पाइएको छ ।

व्यक्तिले जोखिमबाट जोगिन प्रयोग गर्ने गरेको डिस्पोजिवल, मास्क ,पञ्जा जस्ता सामाग्री जहाँ मन लाग्यो त्यहि फाल्ने प्रवृति आफैमा घातक रहेको स्वास्थ्य क्षेत्र संग सम्बन्धीत विज्ञहरुको अभिमत रहेको छ ।

यसरी एक व्यक्तिले प्रयोग गरिसकेको सामाग्री यत्रतत्र मिल्काउँदा संक्रमणको जोखिम थप हुने भएका कारण निश्चित स्थानमा व्यवस्था गरिएको डस्टपिन वा अन्य सुरक्षित स्थानमा डिस्पोज गनु पर्ने विज्ञहरुले बताएका छन । काम परुन्जेल भाँडो काम सकिएसंगै ठाँडो भनेजस्तै प्रयोग गर्ने व्यक्ति त सुरक्षित होला तर फालिएका सामाग्रीबाट सफाइ गर्ने क्रममा सफाइकर्मी र्संगै थप व्यक्तिमा समेत नकारात्मक असर गर्छन भन्ने तितो सत्य बुझ्ने हामीले कहिले ?