शुक्रबार, बैशाख ७, २०८१

प्रमको आव्हानमा भएको सर्वदलीय बैठक कसले के भने ?

काठमाडौ जेठ १३ , प्रधानमन्त्री केपी ओलीले आज साँझ आव्हान गर्नु भएको सर्वदलीय बैठकमा राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रूपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन आग्रह गर्नु भएको छ । त्यस्तै उहाँले बेठकमा राष्ट्रियताका विषयमा सिङ्गो राष्ट्र विगतदेखि एकताबद्ध हुँदै आएको र त्यही एकताका बलमा सो विषयलाई टुङ्ग्याउनुपर्ने धारणा अभिव्यक्त गर्नु भयो ।

बैठकमा काँग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदि पूर्वको भूभाग नेपालको हो सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन् । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै राख्दै आएको धारणा पुनः दोहो-याउँदै कुटनैतिक पहलबाट समाधानमा पुग्न आवश्यक रहेको धारणा राखेका छन ।

त्यस्तै बैठकमा संविधान संशोधनको सवालमा राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने काँग्रेसले  केन्द्रीय समितिबाट  संस्थागत निर्णय जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु