बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको आव्हानमा आज साँझ सर्वदलीय बैठक बस्दै

काठमाडौं जेठ १३ , प्रधानमन्त्री केपी ओलीले आज साँझ सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने गरि आव्हान गरिएको सर्वदलीय बैठकमा प्रमुख दलका नेताहरुलाई आमन्त्रण गरिएको प्रम ओलीको निजी सचिवालयले जनाएको छ ।

समाचार स्रोतका अनुसार आजको बैठकमा मुलत सरकारले नयाँ नक्सा जारी गरेपछिको सिर्जित परिस्थिती संगै सरकारले अघि बढाएको संविधान संशोधन प्रस्ताव लगायतका विषय केन्द्रीत हुने बताईएको छ ।

त्यस्तै विश्वव्यापी महामारीकारुपमा फैििलएको कोभिड संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेका प्रयास एवम आगामी विहीवार प्रस्तुत हुने नयाँ बजेट पनि छलफलको हुने बताईएकोछ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।