बिहिबार, बैशाख ६, २०८१

प्रदेश न १ स्थित कोशी अस्पतालबाट आज ६ सङ्क्रमितलाइ डिस्चार्ज गर्ने तयारी

काठमाडौं बैशाख २४ , मुलुकको ७ प्रदेश मध्ये सवैभन्दा बढि ३१ जना कोभिड संक्रमितको उपचार भइरहेको प्रदेश न १ स्थित कोशी अस्पतालबाट आज उपचार पछि ६ जना संक्रमित ा उपचार पछि घर फर्कर्ने भएका छन ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा मंगलवार संक्रमणको उपचार पछि बुधवार छ जना संक्रमितलाइ डिस्चार्ज गरिने तयारी रहेको जनाउ दिनु भएको हाम्रा सहकर्मीले जनाएको छ ।

वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको ३ चरणका पिसिआर परीक्षणको क्रममा नेगेटिभ रिपोर्ट आएसंगै संक्रमितलाइ अस्पतालले डिस्चार्च गर्ने तयारी गरेको बुझिएको छ । डिस्चार्जपछि पनि साता व्ययापी निगरानीको लागि क्वारेन्टाइनमा राखिने बताईएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।