बिहिबार, चैत्र १५, २०८०

प्रदेश नं २ मा बढ्दो कोभिड संक्रमणको उच्च जोखिमसंगै ८ जिल्ला रेडजोनमा

काठमाडौं बैशाख २३ , मुलुकको ७ प्रदेश मध्ये प्रदेश न २ भारतीय सिमा नाका संग प्रत्यक्ष जोडिएका कारण प्रदेश न २ का ८ वटै जिल्लामा कोभिड संक्रमणको उच्च जोखिम रहेका निष्कर्ष सहित ८ जिल्लालाई रेडजोन क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरूपमा अगाडि बढाउने भएको छ ।

त्यस्तै प्राप्त जानकारी अनुसार कोभिड उच्च जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको प्रदेश न २ को भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटरमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा यसअघि हुदै आएको खुकुलोपनाको फाइदा उठाउदै र सुरक्षा तैनाथीमा रहेको प्रहरीको आँखा छल्दै रात्रीको समयमा भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्टको व्यवस्था सहित कडा निगरानी गदै आएको बताईएको छ ।

प्रदेश नं २ को पछिल्लो डेटा अनुसार कोभिड संक्रमक सङ्ख्या १० र आइसोलेशनमा ३० र क्वारेन्टाइनमा एक हजार १५७ जना रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।