बिहिबार, बैशाख १३, २०८१

प्रथम महिला न्यायाधीश ‘शिलु’को निधनमा शोकव्यक्त

काठमाडौं जेठ ११ , सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको शुक्रबार असामयिक निधन भएको हो ।
सर्वोच्च अदालतमा विसं २०५८ देखि २०६३ सालसम्म न्यायाधीशका रुपमा काम गर्नुभएकी उहाँ न्यायालयको इतिहासमा पहिलो महिला न्यायाधीश हुनुहुन्थ्यो ।

यसैवीच आज सर्वोच्च अदालतको आज बसेकोे आकस्मिक पूर्ण बैठकले सर्वोच्चका प्रथम महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’ को आत्माको चिरशान्तिको कामना गरेको छ । प्रन्या चोलेन्द्रशम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको आकस्मिक बैठकले पूर्वन्यायाधीश सिंहको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । पहिलो महिला न्यायाधीश सुशीला सिंह २०६२ साल फागुन २२ गते उमेर हदका कारण अवकाश लिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।