शनिबार, बैशाख ८, २०८१

प्रतिनिधी सभा सदस्यको लोगो नेपालको नक्साअनुसार परिमार्जन गर्न निर्देशन

काठमाडौ जेठ १२, प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको आइतवार बसेको बैठकले प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै आएको सङ्घीय संसद्को प्रतीक (लोगो) मा  नेपालको पछिल्लो पटक मन्त्री परिषद बैकठबाट स्वीकृत नक्साअनुुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको उक्त बैठकले यसअघि भारतले अतिक्रमित गरेको भूभाग नसमेटिएको पछिल्लो पटक उक्त भुभागको सवालमा नेपालले प्रष्ट दृष्टिकोण सहित आवाज मुखरित  गरेसंगै यस  किसिमको निर्णय गरेको हो ।

त्यस्तैसमितिको बैठक लगत्तै निर्णय कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन समेत दिएको छ बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।