शुक्रबार, चैत्र १६, २०८०

पेट्रोलियम पदार्थको खपत न्यूनभएसंगै मूल्य यथावत

काठमाडौं जेठ ३ , नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून भएसंगै भारतीय आयल कर्पोरेशनबाट बढ्दो नयाँ मूल्यसूची प्राप्त भएपनि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ ।

निगम प्रवक्ता विनितमणि उपाध्यायले कोभिड–१९ को विषम परिस्थितिका कारण तत्काललाई मूल्य समायोजन नगरिएको जानकारी दिदै आइओसीले हरेक १५ दिनको अन्तरालमा नयाँ मूल्य सूची पठाउने क्रममा पछिल्लोपटक प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा बढ्दो मूल्य रहेको तर नेपालमा पेट्रोलियम पदार्थको खपत नभएका कारण मूल्यसूची समायोजन नगरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।