बिहिबार, चैत्र १५, २०८०

पिसिआर परीक्षणको शुल्क नतोकिएको मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं जेठ ७,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न निर्देशिका जारी गर्दै खुला गरिए पनि शुल्क भने नतोकिएको जनाएको छ ।

 सञ्चारमाध्यमममा पिसिआर विधिबाट परीक्षण गराउँदा रु १५ हजार तोकेको भन्ने समाचार आएपछि मन्त्रालयले शुल्क नतोकिएको प्रष्टोक्ति दिएको हो ।  मन्त्रालयद्दारा जारी विज्ञप्तिमा कोभिड १९ को परीक्षणको दायरा बढाउन सार्वजनिक स्वास्थ्य संस्थालाई पिसिआरबाट परीक्षण गर्न दिने भएता पनि शुल्क नतोकिएको उल्लेख गर्दै यसमा भ्रममा नपर्न तमाम सर्वसाधारणलाइ आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा यदि पिसिआर विधिबाट परीक्षणको लागि मन्त्रालयले दर तोकिदिने भएता पनि हालसम्म तोकि नसकेको जनाउदै कोभिड परीक्षणको दायरालाई व्यापक बनाउने कार्य मात्र गरिएको मात्रै हो, के कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउनेलगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै मंगलवार यस विषयमा स्वेच्छाले कोभिड १९ को परीक्षण गराउन चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने शर्त पालना गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामार्फत परीक्षण सशुल्क गराउने निर्णय भएपनि रु १५ हजार परीक्षण शुल्क नतोकिएको भन्त्रालयको भाइ रहेको छ । यद्यपी सःशुल्क परीक्षणको व्यवस्था गर्ने मन्त्रालयको तयारी भने रहेको बताईएको छ ।

तर  सःशुल्क परीक्षण गर्ने संस्थाले परीक्षणको गोपनीयता सहित परीक्षणको लागि आवश्यक मापदन्ड सहित परीक्षणको गोपनीयता कायम गर्दै सोको नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।