शनिबार, बैशाख ८, २०८१

नेपालले आज जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको भारतीय दाबी

काठमाडौं जेठ ७ , नेपालले आज कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ नक्साप्रति भारतले प्रतिक्रिया जनाएको छ ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग समेटिएको भन्दै आपत्ति प्रकट गर्दै नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको समेत दाबी गरेको छ ।

साथै सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने द्विपक्षीय समझदारीविपरीत नयाँ नक्सा आएकोमा प्रवक्ता श्रीवास्तवले सीमाको कृतिम दाबी स्वीकार्य नहुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा अपुष्ट दाबीबाट पछि हटेर भारतको सार्वभौमसत्ता र सीमालाई सम्मान गर्न नेपाल सरकारसँग आग्रह गर्दै नेपाली नेतृत्वले यसबारे कूटनीतिक वार्ताको सकारात्मक वातावरण बनाएर सीमा विवाद सुल्झ्याउने विश्वास पनि भारतले व्यक्त गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।