बिहिबार, चैत्र १५, २०८०

नेपालमा कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या चार पुग्यो

काठमाडौं जेठ १२ , नेपालमा कोभिड संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो ।

योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभएकोछ ।यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।

मृतकको कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पुष्टि भएको जानकारीदिदै मन्त्रालयका प्रवक्ता देवकोटाले ७० वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो । उनको जेठ ३ गते स्वाब सङ्कलन गरी नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँको रिपोर्टमा शङ्कास्पद आएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्ने क्रममा पोजेटिभ देखिएको बताईएकोछ ।

त्यस्तै पछिल्लो डेटा अनुसार  नेपालमाआज अछाम, बर्दिया, काठमाडौ र पर्साका ७ जना संक्रमित थपिएसंगै संक्रमितको सख्या ६८२ पुगेका छ । यसमध्ये  सङ्क्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् । भने उपचारपछि  डिस्चार्ज हुनेको सख्या ११२ पुगेको छ ।  यसमध्ये  सङ्क्रमितमध्ये पुरुष ६०२ जना र महिला ८० जना रहेका छन् । भने उपचारपछि  डिस्चार्ज हुनेको सख्या ११२ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।