शुक्रबार, चैत्र १६, २०८०

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण ,संक्रमितको सख्या ७५ पुग्यो

काठमाडौं बैशाख २१, नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले जारी गर्नु भएको विज्ञप्तिमा भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ । त्यस्तै संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।

पछिल्लो संक्रमितमा १६ २१ र ३४ वर्षिया ३ पुरुष र त्यस्तै ४०,५५ र ६० वर्षिया ३ महिला रहेको उल्लेख गरिएको छ । यसअघि आजै नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जना गरी १० जनामा कोरोना पुष्टि भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।