बिहिबार, बैशाख १३, २०८१

नेपालगञ्जका थप ७ जनामा कोभिड संक्रमित थपिएसँगै संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं बैशाख २३ , बाँकेको नेपालगञ्जका थप ७ जनामा कोभिड सक्रमण देखिएको छ । स्वास्थय मन्त्रालयका अनुसार भेरी अस्पतालमा गएराति गरिएको पीसीआर परीक्षणका क्रममा ९, ३२, ३४ र ५५ वर्षका चार महिला र २२, ३० र ४० वर्षिया ३ पुरुष गरि थप ७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यसअघि नेपालगञ्जमा १६ जना कोभिड संक्रमितको पहिचानपछि उपचार भइरहेको छ । योसँगै नेपालगञ्जमा मात्र संक्रमित हुनेको संख्या २३ पुगेको छ ।संक्रमित सबैको अवस्था सामान्य रहेको छ । उनीहरु चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी ७ जना संक्रमित थपिएसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।