बुधबार, बैशाख ५, २०८१

थप ३ बालिकासहित २५ जना नयाँ सङ्क्रमितको पुष्टि

काठमाडौं जेठ ७,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा थप ३ बालिकासहित २५ जनामा नयाँ सङ्क्रमितको पुष्टि भएसंगै कुल सङ्क्रमित ४२७ जना पुगेको बताउन भयो ।

त्यस्तै नयाँ संक्रमित ३ देखि ४८ वर्षका १८ पुरुष र ७ महिला रहेको बताउदै प्रवक्ता देवकोटाले आज पुष्टि भएका संक्रमितमा बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी ९पश्चिम० जिल्लाका रहेको बताउनुभयो ।

साथै उहँले प्राप्त पछिल्लो डेटाअनुसार मुलुकको ३८ जिल्लामा सङ्क्रमण देखिएको जानकारीदिदै यसवीचमा संक्रमितको सख्या बढेपनि उपचार पछि निको हुँदै घर फिर्नेको सख्यापनि बढ्नेक्रममा रहेको र यसवीचमानै आजै कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका ८ जना पूर्णरुपमा निको भई घर फर्किएसंगै उपचारपछि निको हुनेको सख्या ४५ पुगेको जानकारी दिन भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु