बिहिबार, बैशाख ६, २०८१

थप २७ जनामा सङ्क्रमण पुष्टि, संक्रमितको सख्या ४०२ पुग्यो

शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने

काठमाडौ जेठ ६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोभिड–१९ को सङ्क्रमण आज २४ पुरुष र तीन महिला गरि २७ जनामा देखिएको जनाएको छ । आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणको क्रमम झापाका ९, मोरङ १ सुनसरी १, सर्लाही र्२, मकवानपुर १, भक्तपुर १ काठमाडौँ ३ , ललितपुर १, सिन्धुली १, कपिलवस्तु ४ नवलपरासी १ रामेछाप १ र लमजुङका १ जनामा सङ्क्रमण देखिएसंगै सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको जानकारी दिनु भएको छ । त्यस्तै प्रवक्ता देवकोटाले पल्लिो समय मुलुकको ३६ जिल्लामा सङ्क्रमण देखिएको जानकारीदिनुभयो ।

साथै पछिल्लो समय पिसिआरबाट ३२ हजार ६०४ जना र आरडीटीबाट ७४ हजार ६४९ जनामा परीक्षण गरिएको छ । गत २४ घण्टामा पिसिआरबाट २ हजार २८० र आरडीटीबाट पाँच हजार ८९ जनाको परीक्षण गरिएको उहाँले बताउनुभयो । त्यस्तै छक्वारेन्टिनमा २१ हजार ६२३ जना र आइसोलेशनमा ४५७ जना रहेका छन् । आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिनुभयो । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको जानकारीदिनु बताउनुभयो ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न खुला गरिएको जानकारी दिदै प्रवक्ता देवकोटाले यसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने जानकारी दिनु भएको छ ।

प्रस्तुत व्यवस्था अनुसार व्यक्तिले आफुमा संक्रमण भए वा नभएको जानकारीलिनका लागि शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने बताउनुभयो । सरकारले निःशुल्क रूपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको उहाँको भनाइ रहेको थियो । यो परीक्षणको लागि एक व्यक्ति लाइ करिब रु १५ हजार लाग्ने उहाँले बताउनुभयो ।  सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ  उहाँले भन्नुभयो, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रूपमा पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।