काठमाडौं जेठ १३, भक्तपुर, सप्तरी, धनुषा र मोरङका छुट्टाछुटै स्थानमा सोमबार साँझ भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरका दुई टिपरको ठक्करबाट दाङ रामपुर घर भएका महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रही नयाँ ठिमी चोकमा सिआरभी ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निम बहादुर घर्तीको मृत्यु भएको हो ।
ती टिपरहरुले नयाँ ठिमी बालकुमारी चोकको बिचको रेलिङमा एकैसाथ ठोक्किएर अनियन्त्रित भई अगाडि बढ्ने क्रममा प्रहरी नायब निरीक्षक घर्तीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार पश्चात् नर्भिक अस्पताल थापाथलीमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । ठक्कर दिने टिपर चालक बस्ने ४४ वर्षीय राकेश सैँजु र बा ४ ख ४७०१ नम्बरको टिपर चालक बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा.४ ख ४३१८ नम्बरका टिपर चालक सैँजुले मादक पदार्थ सेवन गरी टिपर चलाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
त्यस्तै सप्तरी खड्क नगरपालिका ६ चकुवास्थित सडकमा नम्बर नभएको पावर डिलर तीन पाङग्रे ट्याक्टर अनियन्त्रित भई पल्टिन जाँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ७५ वर्षीय गुदीलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिरहाको लहानस्थित त्रिशक्ति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनुषा सबैला नगरपालिका १२ स्थित सडकमा हाल नम्बर नखुलेको अन टेष्ट ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँ बस्ने ४२ वर्षीया सुमिन्द्र देवी साह बाटोमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका ९ झरनापुलस्थित सडकमा को ३ प ९७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घट्ना हुँदा मोटरसाइकल चालक वर्षीय गोबिन्द बजगाईको मृत्यु भएको छ । साइकल जोगाउने क्रममा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङ, केराबारी गाउँपालिका९९ स्थित सडकमा को.३८ प १०७१ नम्बरको मोटरसाइकल सोमबार राति बाटोमा ढली राखेको रुखको हाँगामा ठक्कर खाई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३० वर्षीय विकाश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान