बिहिबार, बैशाख १३, २०८१

 ग्राण्डी अस्पतालका कर्मचारीलाई कोभिड संक्रमण, अस्पताल सिल

आफ्नै कर्मचारीलाई  कोरोना उपचार गर्न नसक्ने  अस्पताल के को लागि भन्दै चर्को आलोचना

काठमाडौं जेठ १० , काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा  कोभिड-१९  संक्रमण भएको पुष्टि भएको छ । शनिबार बिहान काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति उनै भएको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौका ३५ ववर्षीय पुरुषमा कोरोना संक्रमण भएको बताएको थियो । उनको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पताल स्रोतले बताएको छ ।

अब अस्पताल सिल गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली अस्पताल सिल गर्ने तयारी गर्दै गरेको थाहा भएको छ ।

यसैवीच ग्राण्डी अस्पतालले आफ्नै कर्मचारीलाई कोरोना संक्रमण भएपछि सरकारी अस्पताल पाटन पठाएसंगै पछिल्लो समय आफ्नै कर्मचारीलाई पनि कोरोना उपचार गर्न नसक्ने उक्त अस्पताल के को लागि भन्दै चर्को आलोचना सुरु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।