शुक्रबार, बैशाख ७, २०८१

कोभिड-१९ संक्रमणबाट ललितपुरमा थप एकको मृत्यु , औपचारिक पुष्टि हुन बाँकी

ललितपुर जेठ १४, ललितपुरमा कोरोना संक्रणबाट एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको बुधबार कोरोनाको कारण मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलालले पुष्टि गरेका हुन् । प्राप्त जानकारी अनुसार पाटन अस्पतालमा उपचार नभएपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल भर्ना गरिएका ती व्यक्तिको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।

अस्पतालले १२ गते नै उनको स्वाब संकलन गरेर परीक्षण गर्ने क्रममा  रिपोर्ट पोजेटिभ आएको हो । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ  ।

यसैवीच सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ । गौरीफन्टा सीमानाकाबाट मङ्गलवार अस्पताल पु¥याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।  काभिड मृतक पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारत«बाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस भएसंगै अस्पताल पु¥याइएका ती व्यक्तिलाइ उपचारका क्रममा शुरुमा उहाँलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाईएको तर रिपोर्ट आउन बाँकी रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु