शनिबार, बैशाख ८, २०८१

कोभिड परीक्षणको दायरा बढाउदै नागरिकको जीवन रक्षा गर्न सर्वोच्चको आदेश

काठमाडौं जेठ १, सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले  कोभिड १९-महामारीको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अदालतद्दारा जारी आदेशमा सिघ्रातिसिघ्र महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको लागि आवश्यक किट अभाव हुन नदिन सरकारको नामम अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता कमलबहादुर खत्रीले बैशाख २९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, उच्चस्तरीय समितिलगायत सरकारी निकायलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनको सुनवाइ गर्दै जारी आदेश सहित महामारी नियन्त्रणमा सरकारले गरेका कामहरुका बारेमा १५ दिनभित्र लिखित जवाफ दिनसमेत भनेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।