शुक्रबार, चैत्र १६, २०८०

कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने प्रम ओलीको उद्घोष

काठमाडौं जेठ १२ , प्रधानमन्त्री केपी ओलीले आज साझ राष्ट्रका नाममा सम्वोधन गर्दै मुलुकको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको तयारीरहेको बताउनुभएकोछ ।  प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझाव अनुसार यस किसिमको अवधारणालाइ कार्यान्वयन गर्न लागेको जानकारी दिएको हो ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा यसअघिको संबोधनका आफुले आउने साताहरु अझ चुनौतिपूर्ण हुने बताएको थिएँ । फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिवेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा स्तरउन्नती गरेको थियो । तर नयाँ बर्षको पहिलो हप्ता वितेसँगै महामारीको संक्रमण फेरि विस्तार हुन थाल्यो । यतिबेला संक्रमितहरुको संख्या ६ सय नाघेका कारण बढ्दो जोखिमको समयमा थप सजग हुन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै उहाँले विद्यमान कोभिड महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु सफल भएका जनाृ दिदै यसवीचमा लकडाउनले जीवनलाई असहज त बनाएको छ, तर यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र सम्पर्कित व्यक्ति पत्ता लगाउन मद्दत पु¥याएको बताउनभयो ।

त्यस्तै प्रम ओलीले आपूर्तिका सीमित स्रोत भएका कारण औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका केही अप्ठ्याराहरु हल भएकोबताउनुभयो । साथै उहाँले परीक्षणको दायरालाई विस्तार गर्ने क्रममा एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको बताउनुभयो ।

त्यस्तै कोरोना भाइरस महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गरिने बताउनदै प्रमओलीले सरकारको नीति तथा कार्यक्रममा जोड दिइएअनुरुप खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परहेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइने तर समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्नेगरी प्रशासनिक कडाईलाई भने कायमै राखिने बताउनुभयो।

सम्बोधनकै क्रममा कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्नेछ । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्ने बताउनुभयो

त्यस्तै उहाँले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजना” सहितको आदेश तत्काल जारी गरिने बताउनुभयो। छ । विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आपm्ना देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चिन्त रहन म सबैमा आग्रह गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।