शनिबार, बैशाख ८, २०८१

काठमाडौमा थप ३ जनासहित ७२ जनामा कोरोना संक्रमणको पुष्टि संक्रमितको सख्या ६ सय ७५ पुग्यो

काठमाडौं जेठ १२ , नेपालमा संक्रमितको सङ्ख्या ६ सय ७५ पुगेको छ । सोमबार बिहानै एकैपटक ७२ जना संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको सङख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज टोखामा २ र बुढानिलकण्ठमा १ जना संक्रमित भेटिएका मन्त्रालयले  जनाएको छ ।

यस्तै कपिलवस्तुमा ३ जना, धनुषामा ३ जना, बारा २ जना, रौतहटमा २६ जना, सप्तरीमा २ जना बर्दिया १ जना, बाँकेमा ४ जना, बारामा २१, दैलेखमा ७ जना गरि ७२ जना संक्रमित भेटिएका हो । नेपालमा हालसम्म कोभिड संक्रमणको उपचार पछि कुल संक्रमित मध्ये १०५ जना डिस्चार्ज भएका  छन भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।

काठमाडौको टोखामा दृखिएको २ संक्रमित मध्ये १ ज्योतिषी र अर्को किराना पसले भएको थाहा भएको छ । त्यस्तै बुढानिलकण्ठमा १ जना संक्रमित समेत गरि संक्रमण पुष्टि भएका तीनैजनालाई टेकु अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ । अहिलेसम्म काठमाडौंमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्केका छन । भक्तपुरमा ४ जना संक्रमित भएका मध्ये दुई निको भएर घर फर्केका छन । ललितपुरमा एक जनामा संक्रमण भेटिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।