शुक्रबार, बैशाख ७, २०८१

काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको एम्बुलेन्स लुटपाट गर्ने ३ अभियुक्त पक्राउ

काठमाडौं वैशाख ३१ , नेपाल प्रहरीले एम्बुलेन्स लुटपाट  गर्ने ३ जना अभियुक्तलाइ पक्राउ गरेको छ ।  प्रहरीका अनुसार काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-२३ च९११०९ नम्बरको एम्बुलेन्सबाट धनमाल लुटपाट गर्नेहरु क्रमस  काठमाडौं चन्द्रागिरि नगरपालिका ४ बस्ने २४ वर्षीय सरोज कामी , ३१ वर्षीय राम भगत शाही र २७ वर्षीय शिव शाही रहेको जानकारी दिएका छन ।

महानगरीय प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिका ४ पानिघाटस्थित जंगलमा अभियुक्तत्रयले एम्बुलेन्स रोक्दै जबरजस्ती चालकसँग भएभरका नगद तथा सरसामान जिन्सी सामान लुटेको थाहा भएको छ।

 त्यस्तै तिनै अभियुत्तहरुले गणेशमान मार्गमा पर्ने चित्लाङ सडकमा तरकारी ढुवानी गर्ने बा४ ख ९९० नम्बर तथा ग.१च ७६३३ नम्बरको गाडीमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी हुँ भनी कुटपिट तथा लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुको साथबाट घटनामा प्रयोग भएको प्रदेश ३-०२-००३ प ४७७७ र बा.७१ प ६९४५  नम्बरका २ मोटरसाइकल, लुटपाट गरेको नगद ३३ हजार ८ सय ९५ रुपैयाँ र मोबाइल ६ थान प्रहरीले बरामद गरेको जनाउदै पक्राउ परेका व्यक्तिहरू उपर चोरी तथा डाँका सम्बन्धि कसुर अपराधमा कारवाही सुरु गरिएको जनाएको  छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु